दसैँमा गाउँ फर्केर सरकारको राम्रो प्रचार गर्नुहोस: प्र.म. ओली - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

दसैँमा गाउँ फर्केर सरकारको राम्रो प्रचार गर्नुहोस: प्र.म. ओली



काठमाडौं । प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूलाई सरकारका राम्रा कामको बारेमा चर्चा गर्न निर्देशन दिएका छन् ।

शनिबार बसेको संसदीय दलको बैठकमा नेकपा अध्यक्षसमेत रहेका ओलीले दसैंतिहारमा जिल्ला जाँदा जनतालाई सरकारका राम्रा कामको बारेमा जानकारी दिन निर्देशन दिएका हुन् ।

सरकारले संविधान कार्यान्वयनका लागि नभई नहुने कानुनहरू बनाउनुका साथै विकास निर्माणका कामहरू गरिरहेको तर केही मानिसले भ्रम छरेले जनतालाई वास्तविता पताउनु पर्ने भन्दै उनले उक्त निर्देशन दिएका हुन् ।

उनले परिर्वतनका लागि भूमिका नै नखेलेकोहरूले अहिले सामाजिक सञ्जालमा नियोजित प्रचार गरिरहेको भन्दै जनतालाई बुझाउनुपर्ने धारणा राखेका थिए ।

ओलीले सरकार अब विकासको गतिमा अगाडि बढेकाले विकासको गतिलाई जति भ्रम फैलाए पनि कसैले रोक्‍न नसक्‍ने बताएका थिए ।