प्रधानमन्त्री ओलीको डायलासिस आजै गरिने - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

प्रधानमन्त्री ओलीको डायलासिस आजै गरिने



काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको बताइएको छ। उनको स्वास्थ्यमा गुणात्मक सुधार आएको चिकित्सकहरुले जानकारी दिएका छन्।

उनलाई बुधबार बेलुकासम्म डायलासिस गरिने चिकित्सकले जानकारी दिएका छन्। एपेन्डिसाइटिस फुटेर संक्रमण फैलिएपछि उनको तत्काल शल्यक्रिया गरिएको थियो भने मंगलबार दिउँसोदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

बुधबार बिहानदेखि उनको स्वास्थ्यमा सुधार देखिएको हो भने बुधबार नै उनको नियमित डायलासिसमेत गरिने चिकित्सकले जानकारी दिएका छन्।