प्र.म.ओलीले आज साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

प्र.म.ओलीले आज साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने



काठमाडौं–

प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभामा सम्बोधन गर्न नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलनमार्फत आफ्ना भनाइ राख्‍ने भएका छन्।

‘संसदमा जे विषयमा सम्बोधन गर्ने तयारी थियो। त्यही विषय नै पत्रकार सम्मेलनबाट सार्वजनिक गर्नुहुनेछ’, प्र.म.का प्रेस सल्लाहकार कुन्दन अर्यालले भने।

हालैको युरोप भ्रमण र गुठी विधेयक लगायतका समसामयिक विषयमा उठिरहेको जनचासोका विषयमा प्र.म. ओलीले सम्बोधन गर्ने कार्यक्रम थियो।