प्रधानमन्त्री ओलीलाई कस्तो छ ? - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रधानमन्त्री ओलीलाई कस्तो छ ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ । प्रधानमन्त्री ओलीलाई पेट दुखेपछि मंगलबार त्रिवि शिक्षण अस्पताल लगिएको थियो । एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियापछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनको स्वास्थ्यमा सुधार आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक उत्तम श्रेष्ठका अनुसार प्रधानमन्त्रीको उपचारमा डा. अरुण सायमी नेतृत्वको टोली खटिएको छ ।

“एपेन्डिक्सको अपरेशन गरिएको हो,” उनले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै भने, “प्रधानमन्त्रीको सफल उपचार हुँदैछ ।

उहाँ अझै केही दिन अस्पतालमै बस्नुहुनेछ । हाम्रो चाहना पनि प्रधानमन्त्री भित्रि मनदेखि तयार भएपछि जानुहुन्छ । हामीले २–३ दिन भिजिटरलाई भेट्न दिँदैनौं ।”

प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक सायमीका अनुसार प्रधानमन्त्री खतरामुक्त छन् ।