ओलीले तोडे सहमति: बैठकको अध्यक्षता आफैले गर्ने प्रस्ताव - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

ओलीले तोडे सहमति: बैठकको अध्यक्षता आफैले गर्ने प्रस्ताव



काठमाडौं- मंसिर ४ गते मात्र पार्टीको कार्यकारी अध्यक्ष प्रचण्डलाई बनाउने भनेर गरिएको सहमति अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नै उल्लङ्घन गरेको खुलासा भएको छ । राष्ट्रपतिलाई समेत साक्षी राखेर गरिएको सहमति बिपरित प्रधानमन्त्री ओलीले अझै केहि बैठकको अध्यक्षता आफैले गर्ने प्रचण्डलाई बताएका छन् ।

पार्टीमा कार्यकारी अध्यक्षको अधिकार पुष्पकमल दाहाल प्रचण्डलाई दिन सहमत भएका ओलीले यस्तो बताएपछि प्रचण्ड तब्नावामा देखिएका छन्।

केहिदिन अघि मात्र अध्यक्ष ओली र दाहालले नयाँ कार्यविभाजनामा सहमती गरेका थिए, जसअनुसार पूरा पाँच वर्ष ओली प्रधानमन्त्री रहने र पार्टीको कार्यकारी अध्यक्ष प्रचण्डले नेतृत्व गर्नेछन्। यो सहमतीले पार्टी एकता हुनुपूर्व समानताका आधारमा प्रधानमन्त्री पद आलोपालो गर्ने लिखित सम्झौतालाई विस्थापित गरेको थियो ।

तर ओलीले सरकार र दाहालले पार्टी चलाउने नयाँ सम्झौता भएसँगै यसका भित्री पाटोहरुबारे चर्चा सुरु भएको छ। सचिवालयको बैठकपछि जारी चार बुँदे सम्झौता बाहेक दुई अध्यक्षबीच अरु कुनै गोप्य सहमति पनि भएको हुन सक्ने नेकपाका कतिपय नेताहरुले अनुमान पनि गरेका छन्।

अहिले प्रधानमन्त्री ओलीले प्रचण्डले गर्ने भनिएको बैठकको अध्यक्षता आफैले गर्ने भन्ने हल्ला फैलिएपछी पार्टीको एउटा पंति भने तनावमा देखिएको छ। ओलीको यस्तो प्रस्तावले कतै समझदारी खाब्बलिने त होइन भन्ने चिन्ता बढेको छ । निकै मेहनत गरेर टुंगिएको एकता प्रक्रियामा समेत यसले प्रभाव पार्ने देखिएको छ ।

नयाँ सहमति अनुसार ओलीले सरकार चलाएझैँ आफूले ढुक्कले पार्टी चलाउने अध्यक्ष दाहालको व्याख्या भए पनि ओली पक्षधर नेताहरुले भने त्यस्तो नहुने आफ्नो पंक्तिलाई बताउन थालिसकेका छन् ।

अहिले पनि ओली नै पहिलो नम्बरको बरियतामा रहेको, बैठकको अध्यक्षता संयुक्त रुपमा गर्ने र पार्टीका निर्णयहरु सहमतीका आधारमा गर्ने निर्णय भएका कारण ओलीको अधिकारमा कटौती नभएको नेकपाकै केहि नेताहरूको तर्क छ।

एकातिर दुवै पक्षका नेता र कार्यकर्ताहरूले पार्टीको विवाद सकिएको र पार्टी एकतावद्ध भएको जिकिर गरिरहेकै बेला ओलीबाट आएको यो सन्देशले खिन्नता भने उब्जाएको छ ।

पार्टीका एक सचिवालय सदस्यले भने, ‘दुबैजना अध्यक्षका एक अर्काका दाबी छन्। भित्र भएका सहमति अर्कै छन् बाहिर अर्कै देखाइएको छ यस्ता समस्या आउनु ठुलो कुरा भएन’। उनका अनुसार प्रचण्ड र ओलीले भित्र अर्कै सहमति गरेर बाहिर अर्कै देखाएको, अनावस्यक सम्झौता गरेको र पारदर्शी नभएकाले पार्टीमा समस्या आउन सक्ने डर भने छ ।