ओलीलाई भेट्न पूर्वराजाले अस्पतालमा प्रतिनिधि पठाएपछि... - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

ओलीलाई भेट्न पूर्वराजाले अस्पतालमा प्रतिनिधि पठाएपछि…



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे पूर्वराजा ज्ञानेन्द्र शाहले चिन्ता ब्यक्त गरेका छन् । शाहले मंगलबार आफ्ना प्रतिनिधिलाई अस्पतालमै पठाएर स्वास्थ्य लाभको शुभकामना दिन लगाएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले उनका निजी सचिव पशुपतिभक्त मर्हजनमार्फत प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको जनाइएको छ ।

पूर्वराजा शाहको स्वास्थ्य लाभको सन्देश लिएर सचिव मर्हजन अस्पताल पुगेका हुन्। उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्दै ज्ञानेन्द्रले स्वास्थ्य लाभको कामना गरेको सन्देश सुनाएका थिए।

प्रधानमन्त्री ओली स्वास्थ्यमा समस्या आएपछि मंगलबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन्।

उनको मंगलबार दिउँसो १२ बजे एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।