केपी शर्मा ओली र माधवकुमार नेपाल एउटै समितिमा - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

केपी शर्मा ओली र माधवकुमार नेपाल एउटै समितिमा



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभा अन्तर्गत रहेको एउटै विषयगत समितिमा परेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले विभिन्न विषयगत समितिमा रहने सांसदहरुको नाम स्वीकृत गरेको छ ।

जस अन्तर्गत ओली र नेपाल अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सदस्य भएका छन् । यसअघि नेता नेपाल भने सोही समितिमा रहेका थिए ।