रवी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीमाथि खनिए ओली - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

रवी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीमाथि खनिए ओली



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रति कटाक्ष गर्दै चुनाव चिह्न बारे सोधेका छन् ।

पार्टी कार्यालय ललितपुरको च्यासलसमा भ्रातृसंगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चको शुभकामना तथा बधाई कार्यक्रममा उनले अमेरिकन फ्रिडम पार्टीको चुनाव चिह्न र नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न किन उस्तै भयो भन्ने प्रश्न गरे ।

आजको कार्यक्रममा सबैभन्दा धेरै रास्वपाको विपक्षमा बोलेका ओलीले भने, ‘अमेरिकामा एउटा अमेरिकन फ्रिडम पार्टी छ। त्यसको चिह्न घण्टी छ। दुरुस्तै आकारको फोटो खिचेजस्तो घण्टी यहाँ ल्‍याएको छ। तर फ्रिडम पार्टी । यो संयोग नै होला।’

ओलीले पहिले सुकेको घण्टी अहिले बेलुन झै फुलेको बताए । ओलीले आजको कार्यक्रममा धेरै अध्यात्मवादका बारेमा बोले । नेपालमा पश्चिमावाद आउन सक्ने भन्दै चिन्ता गरेका थिए ।