ओलीले भने: म नै कार्यकारी हुँ, प्रचण्ड जुनियर अध्यक्ष हो - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

ओलीले भने: म नै कार्यकारी हुँ, प्रचण्ड जुनियर अध्यक्ष हो



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु पुष्पकमल दाहाल प्रचण्डभन्दा सिनियर भएको बताएका छन् । उनले पहिलो आफू र दोश्रो अध्यक्ष प्रचण्ड भएको दाबी गरेका छन् ।

कान्तिपुर टेलिभिजनमा फाइरसाइड कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘अध्यक्ष कार्यकारी नै हुन्छ । दुबै कार्यकारी अध्यक्ष नै हो । यथार्थमा प्रथम म र द्धितिय उहाँ नै हो ।

ओलीले कार्यक्रममा भनेका छन् ‘हामी आधाआधा गर्न तयार थियौँ । अहिलेको सन्दर्भमा स्थायित्व आवश्यक छ ।’

ओलीले थपे, ‘सरकारको काम पनि मैले सल्लाह नै गरेर गर्छु । पार्टीको काम पनि मसँग सल्लाह गरेर गर्नुहुन्छ । सिनियारिटीको हिसावमा म सिनियर अध्यक्ष हो उहाँ अर्को अध्यक्ष हो ।’

‘मैले अध्यक्षता नगर्दा म कार्यकारी होइन भन्ने होइन । म पनि कार्यकारी हो उहाँ पनि कार्यकारी हो । बढुवा भएको त कसरी हुन्छ ? मैलेमात्रै अध्यक्षता गर्थे अब उहाँले पनि गर्नुहुन्छ । कहिलेकाहिँ मैले पनि गर्छु । उहाँले पनि गर्नुहुन्छ ।’ ओलीले भने