के.पी. ओली राष्ट्रवादी, तर आसेपासेले बिगारे - कमल थापा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

के.पी. ओली राष्ट्रवादी, तर आसेपासेले बिगारे – कमल थापा



बागलुङ :

राप्रपाका अध्यक्ष कमल थापाले ओली राष्ट्रवादी नेता भएको बताएका छन्। वाग्लुङमा आयोजित एउटा कार्यक्रममा बोर्दै उनले त्यसो भनेका हुन्।  उनले भने, “प्रधानमन्त्री ओली राष्ट्रवादी नेता हुन्। तर सहयोगीले एकपछि अर्को घटनामा अधिनायकवादी र देश विरोधी क्रियाकलाप गरेर उनलाई समस्यामा पारे। सबैको अस्तित्व स्वीकार गर्ने संविधान र सरकार बनाउन जरुरी छ।’

मिडिया नेपालले आइतबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अब सबैले गम्भीर बन्ने बेला आएको बताए। उनले राजादेखि विप्लवसम्म अटाउने लोकतान्त्रिक बाटो समात्नु पर्ने बताए। राष्ट्रिय सहमति कायम गर्नका लागि गोलमेच सम्मेलन उपयुक्त हुने उनको जिकिर थियो। सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकलाई संशोधनसहित पारित गर्न उनले आग्रह गरेका छन्।

जनआन्दोलनका बेला माओवादीले माग गरेको गोलमेच सम्मेलन नगर्दा राजसंस्था समाप्त भएको उनको जिकिर थियो। त्यसबेला गोलमेच सम्मेलन गरेको भए अहिले पनि राजतन्त्र सहितको प्रजातन्त्र हुने थियो भन्ने उनको भनाइ थियो।

उनले आफूलाई काङ्ग्रेसको भर नलागेको कुरा पनि प्रकट गरे। ०६२ साल अघिको हिन्दु राष्ट्रको स्थितिमा जान नसकेता पनि हिन्दु वैदिक धर्ममा आधारित राज्यव्यवस्थाका लागि आफूले नेतृत्व गरिरहेको कुरा उनले बताए। उनले भने, “काङ्ग्रेस नेताहरू बिहान एउटा बोल्छन्, बेलुकी के खान्छन्, अर्कै बोल्छन् । एक ढिक्का भएर निर्णय गर्ने भए हिन्दु राष्ट्रको पक्षमा उनीहरूकै अगुवाईमा जान तयार छौँ।’