एमाले अध्यक्ष ओलीलाई के भएको हो ? - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

एमाले अध्यक्ष ओलीलाई के भएको हो ?



नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। 

पूर्व प्रधानमन्त्री ओलीले आइतबार सामाजिक सञ्जालमार्फत आफू अस्वस्थ भएको जनाएका हुन्। “भाईरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ,” ओलीले स्टेटस् लेखेका छन्, “अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु।” 

अस्वस्थताका कारण १० बैशाखमा हुने उपनिर्वाचन अभियानमा सहभागी हुन नसकेको उनले जनाएका छन्।  उनले भनेका छन्, “अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु। तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रो पार्टीका उम्मेदवारहरूको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो। तर, अहिले म ती कार्यक्रमहरूमा सहभागी हुन सकिराखेको छैन।”

स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा तीनै जिल्लामा पुग्ने ओलीले जनाएका छन्। उनले भनेका छन, “स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा म तपाईहरूलाई भेट्न आउने नै छु। तीनै जना उम्मेदवारहरूलाई विजयको हार्दिक शुभकामना व्यक्त गर्दछु।”