प्रधानमन्त्री ओली फेरी अस्पतालमा - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

प्रधानमन्त्री ओली फेरी अस्पतालमा



काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिसको लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

बिहान १०:३० बजे अस्पताल पुगेका प्रधानमन्त्री ओली अहिले पनि अस्पतालमै रहेको अस्पताल स्रोतले जनाएको छ।

यसअघि मनमोहनमा एपेन्डीसाइटीसको शल्यक्रिया गरेर फर्केका प्रधानमन्त्री ओलीको पछिल्लो समय मिर्गौलाको काम गर्ने क्षमता कम भएपछि नियमित डायलासिस गराउँदै आएका छन्।

यसअघि मनमोहन कार्डियो थेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र ग्राण्डी अस्पतालमा डायलासिस गर्दै आएका थिए।

यो प्रधानमन्त्री ओलीको यो ११ औँ पटकको डायलासिस हो।