ओलीले भने- अब पार्टीमा कसैलाई भेदभाव गर्दिन - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

ओलीले भने- अब पार्टीमा कसैलाई भेदभाव गर्दिन



नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको परिवर्तन र रुपान्तरणका लागि पार्टी कार्यकर्तालाई परिचालन गर्ने बताएका छन्।

एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा स्थानीय तह कर्मचारी सङ्घ, नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले देश र जनताको विकासका लागि कार्यकर्ता प्रयोग गरिने बताएक हुन्।

‘एमालेले क्षणिक कुरा मात्र सोच्दैन। दीर्घकालीन कुरा सोच्छ’, उनले भने, ‘हरेक ठाउँबाट पार्टीलाई सकारात्मक योगदान पुर्‍याउनुपर्दछ।’ उनले एकएक जनालाई सम्झाएर बुझाएर पार्टीमा ल्याउनुपर्ने भन्दै पार्टी कार्यकतालाई सक्रिय, रचना र योजनावद्ध र अनुशासित बनाएर काम गर्न निर्देशन दिए।

उनले प्रतिफल ल्याउने गरी अनुशासित र योजनाबद्ध तवरले सक्रियता प्रदर्शन गर्न सबैलाई आग्रह गरे। अध्यक्ष ओलीले पार्टीमा आएका नयाँ र पुराना भनेर भेद्भाव पनि नगर्ने बताए। ‘पार्टीले भेद्भाव गर्दैन। भेद्भाव आफूले आफैँलाई नगरौँ’, उनले थपे।

अध्यक्ष ओलीले राष्ट्रको रक्षा, विकास, सामाजिक न्यायसहितको लोकतन्त्र र सुशासनका निम्ति एमालेमा सबै गोलबन्द भएर काम गर्नुपर्ने बताए।