ओली भन्दा माहिर बाँस्कोटा - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

ओली भन्दा माहिर बाँस्कोटा



काठमाडौँ । देउवापछि लगत्तै पोखरा पुगेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ओलीलाई राष्ट्रघाती भन्ने देउवालाई राम्रो दनक दिएका छन् ।

दनक दिने कुरामा बाँस्कोटा ओली भन्दा माहिर छन् । त्यसैले उनलाई सरकारको प्रवक्ता समेत बनाइएको छ ।

मन्त्री बाँस्कोटाले देउवालाई जवाफ दिदै भने–‘भारतले नाकाबन्दी लगाउँदा ‘म्याउँ’ सम्म गर्न नसक्नेहरु अहिले आएर ढाडे बिरालो भएका छन्, भन्दा बाँस्कोटासँगै बसेका पोखराका पत्रकार गंगाधर पराजुली पेट मिची मिची हाँसे ।

यो जानकारी आजको दृष्टि साप्ताहि ‘बक्रदृष्टि’बाट ।