ओबामाले किने ३० एकडको घर: मूल्य १२ मिलियन डलर (फोटो फिचर) - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

ओबामाले किने ३० एकडको घर: मूल्य १२ मिलियन डलर (फोटो फिचर)



काठमाडौं- अमेरिकी पूर्व राष्ट्रपतिको बाराक ओबामा एउटा अलिसान घर खरिद गरेर बसाई सरेका छन् । उनि र उनको परिवार म्यासाचुसेट्सको मार्थाज् भेनियार्डका स्थायी बासिन्दा भएका छन्।

ओबामाले भेनियार्डमा झण्डै १२ मिलियन अमेरिकी डलरमा सुविधा सम्पन्न घर किनेका छन्। फोटोमा देख्दै लोभ लाग्ने यो घर किनेपस्चात उनि पुराओ निवास छाडेका छन् ।

बाराक ओबामा र उनको परिवारले म्यासाचुसेट्स राज्यको ड्युक्स काउन्टीमा पर्ने पर्यटकिय केन्द्र मार्थाज् भेनियार्डको एड्गरटाउनमा ३० एकड जमिनमा फैलिएको सुविधा सम्पन्न घर किनेका हुन्।

ओबामा परिवारको हालको घर सात बेडरुमसहितको ६ हजार ८९२ स्क्वायर फुटमा फैलिएको छ। यो घरलाई उनीहरुले ११.७५ मिलियन अमेरिकी डलर तिरेका हुन् । सन् २००१ मा निर्माण भएको सो घर ओबामाले विक्लेफ ग्रोसबेक र कोरिन बास्लर ग्रोसबेकबाट किनेका हुन्।

पहिले सन् २०१५ देखि बेच्नका खोजिएको सो घरको मूल्य सुरुमा २२.५ मिलियन अमेरिकी डलर कायम गरिएको थियो ।

तर यो वर्ष घरको मूल्य दुई पटक घटाइएको थियो। गएको जुनमा १६.२५ मिलियन कायम गरिएको घरको मूल्य जुलाईमा थप घटाएर १४.८५ मिलियन कायम गरिएको थियो ।

ओबामाले गएको बुधबार दिउँसो घर किन्ने प्रक्रिया पूरा गरेका हुन्। ओबामा परिवारले सो घर गएको समरमा केही हप्ताका लागि भाडामा लिएका थिए। त्यस बेलादेखि नै उनीहरुले सो घर किन्न चाहेको चर्चा हुँदै आएको थियो ।

ओबामालाई घर बेचेका ग्रोसबेकले सन् १९९८ मा त्यहाँको जमिन ३.१ मिलियन डलरमा किनेको तथ्यांक छ ।

फोटोहरू