नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा



गैरआवासिय नेपाली संघ साउथ अस्ट्रेलियाको आयोजनामा एडीलेडमा तेश्रो नेपाल फेस्टिभल आयोजना हुने भएको छ। हरेक २ वर्षमा आयोजना हुने नेपाल फेस्टिभल यस वर्ष अप्रिल १४ तारिकको दिन एडीलेड सिटीको लाईट स्कवायरमामा आयोजना हुदै छ। कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको आयोजकले बताएका छन । यहाँ रहेका नेपाली संघ संस्थाहरुको सहकार्यमा आयोजना हुन लागेको यस कार्यक्रम बिहान १०:३० बाट सुरु भै बिबिध कार्यक्रमहरु सहित बेलुका ८ बजे सम्म चल्ने आयोजकले प्रेस समेल्लन गरेर बताएका छन।

कुइन्सफोर्ड कलेज र एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसको मुख्य प्रायोजन रहेको “नेपाल फेस्टिभल एडीलेड २०१९ ” कार्यक्रमको मुख्य उद्देश्य भनेको नेपालको कला संस्कृति र पर्यटनसँग जोडिएको विविधतालाई अस्ट्रेलियन सामु प्रचार-प्रसार गर्ने , यहाँ हुर्कदै गरेको दोश्रो पुस्तालाई नेपाली रितिरिवाजको बारेमा जानकारी दिने र यहाँ रहेका नेपाली व्यवसायहरुलाई समेत यहाँको बहुसंस्कृतिक समाजसँग चिनाउने रहेको उक्त प्रेस बिज्ञप्तिमा बताईएको छ । भिजिट नेपाल २०२० लाई समेत मध्यनजर गर्दै नेपालसँग रहेको पर्यटनको प्रशस्त संभावनाको बारेमा कार्यक्रम सहभागी हुने दर्शकहरु माझ प्रचार प्रसार गर्ने लक्ष्य रहेको एनआरएन साउथ अस्ट्रेलियाका संयोजक अशोक के.सीले बताए ।

कार्यक्रममा नेपाली खानाका स्टल , व्यवसाय स्टल, नेपाल हाउस सहित नेपाली कला संस्कृति झल्कने सामग्रीहरु, हस्तकलाका सामग्रीहरु प्रदर्शन गरिने छ । कार्यक्रममा दुताबास, एनआरएनका केन्द्रिय पदाधिकारीहरु , स्थानिय कुटनीतिज्ञ , राजनीतिज्ञ, विभन्न स्टेट बाट अतिथिहरुसँगै यहाँको बहुसाँस्कृतिक समाजको उपस्थिति रहनेछ। कार्यक्रमको लागी नेपाल बाट गायक काली प्रसाद बास्कोटा , कर्ण दास, बद्री पंगेनी , जीबन शर्मा, मार्कस दास ,  नायिका बेनिशा हमाल समेत आउदै छन। स्थानिय कलाकारहरुको समेत कार्यक्रममा सांस्कृतिक प्रस्तुति रहने छ भने रन्जन फोटोग्राफी एण्ड टिमले एनआरएनएसँग सहकार्य गर्दै सोहि स्टेजमा मिस्टर/मिस/ मिसेज नेपाल-साउथ साउथ अस्ट्रेलिया फेशन शो समेत आयोजना गर्दै छन। कार्यक्रमको सुरुवात नेपाली कला संस्कृति झल्किने झाँकी सहित १०:३० बजे रंडल महल , करी स्ट्रिट हुदै लाईट स्कवायर सम्म पुग्ने छ।

एनआरएनए अस्ट्रेलियाले नेपाल फेस्टिभलको अघिल्लो दिन अर्थात अप्रिल १३ तारिकको दिन अस्ट्रेलियामा रहेर विभिन्न क्षेत्रमा रहेका नेपाली बिज्ञहरुको समेत समेलन गर्दैछ। युनिभर्सिटी अफ साउथ अस्ट्रेलियाको वेस्ट क्याम्पसमा आयोजना हुन लागेको उक्त कार्यक्रम बिहान ९ बजे देखि बेलुका ३ बजे सम्म चल्ने छ। जसमा विभिन्न क्षेत्रका बिज्ञहरुले पेपर प्रस्तुत समेत गर्नेछन।