भारतद्वारा नेपालगञ्ज नाका बन्द - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

भारतद्वारा नेपालगञ्ज नाका बन्द



काठमाडौं- भारतको सुप्रिमकोर्टले शनिबार अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले आज बिहानैदेखि नेपालगञ्ज नाका बन्द गरेको छ।

सिमामा धुसपैट हुन सक्ने जनाउदै भारतीय सुरक्षाकर्मीले नेपाली पक्षलाई जानकारी नगराएर शविबार बिहान देखि उक्त नाका ठप्प पारेको छ ।

एम्बुलेन्स बाहेकका सवारी साधनमा रोक लगाएको बाँके प्रहरीले जानकारी दिएको छ । मानिसको हिडडुलमा समेत कडाई गरिएपछि ओहोर दोहोर गर्न समस्या भएको प्रहरीको भनाई छ ।

सिमामा भएको कडाईबारे नेपाली पक्षलाई पूर्व जानकारी नदिएपनि नाका कहिले सम्मको लागि बन्द गरेको हो केहि खुलाइएको छैन् ।