बिहारमा मृत्यु हुने बालबालिका सङ्ख्या - १०८, मुख्यमन्त्री नितिश दौडाहामा - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

बिहारमा मृत्यु हुने बालबालिका सङ्ख्या – १०८, मुख्यमन्त्री नितिश दौडाहामा



हिमालपोस्ट/काठमाडौँ

एक्युट इन्सेफलाइटिस सिन्ड्रम(मस्तिष्क ज्वर) बाट मर्ने बालबालिकाको सङ्ख्या १०८ पुगेको छ। नितिश कुमारले आज मुजफ्फरपुरस्थित श्री कृष्ण मेडिकल कलेजको दौडाहा गरेका छन्। बिरामी परेका मध्ये ८९ जना बालबालिकाको मृत्यु यही अस्पतालमा भएको हो।

मुख्यमन्त्री अस्पतालमा भएकै बेला स्थानीयले अस्पताल बाहिर विरोध गरेका थिए।

मुख्यमन्त्रीले बिरामीहरू र उनीहरूका आफन्तहरूलाई भेटेको र उपचारको वर्तमान स्थितिमा सन्तोष गरेको पनि जनाइएको छ। उनी उपचारका लागि पर्याप्त सुविधा प्रदान गर्न नसकेकामा दुःखी भएको पनि जनाइएको छ।