नीति बिपरित विश्वविद्यालयमा पदाधिकारी नियुक्ति सरकारको निरलज्जता : नेता महर - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

नीति बिपरित विश्वविद्यालयमा पदाधिकारी नियुक्ति सरकारको निरलज्जता : नेता महर



काठमाडौं । नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले कम्युनिस्ट सरकार आफ्नै नीति विपरित विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्ने प्रक्रियातर्फ गइरहेको आरोप लगाएका छन् । आफैले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय राष्ट्रीय शिक्षा आयोगको सिफारिस बिपरीत सरकारले विश्वविद्यालयमा पदाधिकारी नियुक्तिको प्रक्रिया थालेर निर्लज्जताको नमुना प्रस्तुत गरेको उनको आरोप छ ।

हामीले नेविसंघको नेतृत्वमा संयुक्त विद्यार्थी संगठनहरूका तर्फबाट तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई खुल्ला प्रतिस्पर्धाबाट विश्वविद्यालय पदाधिकारीहरूको नियुक्ति हुने वैधानिक व्यवस्था गर्न माग पत्र पेश गरेको विषय वर्तमान सरकार लाई पुनः स्मरण गराउन चाहान्छु’, नेता महरले भने, ‘एकातर्फ आफ्नै नेतृत्वमा गठित आयोगको प्रतिवेदन कार्यान्वयनका लागी प्रधानमन्त्री लाई बुझाउने अर्को तर्फ सिफारिस्विरुद्ध आफै बिना प्रतिस्पर्धा पदाधिकारी नियुक्तिको संयोजक वन्ने शिक्षा मन्त्री पोखरेल प्रधानमन्त्री ओलीको निरीह खेताला बनेर विश्वविद्यालय ध्वस्त बनाउने चलखेलमा लाग्नु घोर आपत्तिजनक छ ।

कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता भर्ती केन्द्र बन्नबट जोगाउन र उच्चस्तरीय राष्ट्रीय शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयन गरेर प्राज्ञिक मार्यादा कायम गराउने भद्र आन्दोलनमा सहभागी बन्न जरुरी भैसकेको नेता महरको भनाई छ ।