प्रदेश ५ : निर्वाचन सकियाे, ३ सय ३ भोट खस्यो । - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

प्रदेश ५ : निर्वाचन सकियाे, ३ सय ३ भोट खस्यो ।



दाङ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा १ घण्टामा १३२ मत खसको छ । पाँच नम्बर प्रदेशको दाङ स्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजे वाट सुरु भएको निर्वाचनमा ३ सय ३ भोट खस्यो ।

प्रदेश सदस्य तर्फ गुल्मी जिल्ला निर्वाचन क्षेत्र नम्बर १९२० प्रदेश सभा सदस्य कमलराज श्रेष्ठ पुरुष तर्फ र सोहि जिल्लाका प्रदेश सभा सदस्य गिता थापा महिला तर्फ पहिलो मतदान गरेका हुन् ।

स्थानीय तह तर्फको मतदान स्थलमा गुल्मी जिल्ला रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल पुरुष र उपमेयर सिता भण्डारी महिला तर्पफ हिलो मतदान गरेका हुन् । मतदानमा २ जना अनुपस्थित रहे । २ जना मध्ये रुपन्देहीकी बिना पन्त र बांकेका अहमद शाह भोट हाल्न आएनन् ।

मतदान सकिएलगत्तै मतगणना सुरु गरिने र आज वेलुका नतिजा आउने छ ।