नेपाली काँग्रेस कैलालीद्वारा निर्मला पन्तको हत्यारा तुरुन्तै पत्ता लगाउन सरकारसंग माग - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

नेपाली काँग्रेस कैलालीद्वारा निर्मला पन्तको हत्यारा तुरुन्तै पत्ता लगाउन सरकारसंग माग



कैलाली । नेपाली काँग्रेस कैलालीको जिल्ला कार्यसमिति बैठक महासमिति बैठकका एजेन्डाबारे छलफल भएको छ ।

शनिबार कैलालीको जोशीपुरमा भएको जिल्ला कार्यसमिति बैठकले फल्लेबिसौना रुख काटेको आरोपमा मोहन्याल ३का वडा अध्यक्ष नन्दरजभ गिरी र सामुदायिक अध्यक्षजय गिरीलाई झुट्टा मुद्या लगाएको भन्दै खेद प्रकट गरेको छ । बैठकले मुद्दा आईतबार सम्म फिर्ता नलिए चरणबद्ध आन्दोलनको घोषणा गर्ने समेत छलफल भएको बताईएको छ ।

जिल्ला कार्य समितिको बैठकले कंचनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारी र हत्यारालाई तुरुन्तै पत्ता लगाउन सरकारसंग जोडदार माग समेत गरेको छ ।

काठमाडौंमा अधिकार माग्न गएका शिक्षक माथि सरकारको दमन गरेकोप्रति खेद व्यक्त गरेको छ । बैठक नेपाली कांग्रेस कैलाली जिल्लाका सभापति नरनारायण शाह मनुको अध्यक्षतामा भएको थियो ।