निर्देशक रणधिर श्रेष्ठको मैथिली भाषाको भिडियो ‘अहाक प्रेम ये प्रिया’ को सुटिङ सकियो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

निर्देशक रणधिर श्रेष्ठको मैथिली भाषाको भिडियो ‘अहाक प्रेम ये प्रिया’ को सुटिङ सकियो



हेमन्त न्यौपाने / काठमाडौं ।
चद्रमुखी बोलको मैथिली भाषाको म्युजिक भिडियोबाट चर्चा कमाएका मोडल अशोक आर्यन यादवको अभिनयमा आइतबार नयाँ म्युजिकको सुटिङ सम्पन्न भएको छ । मैथिली भाषाको ‘अहाक प्रेम ये प्रिया, सब से ’ बोलको गीतको म्युजिक भिडियो निर्देशक रणधिर श्रेष्ठको निर्देशनमा सुटिङ सम्पन्न भएको छ ।

म्युजिक भिडियोको सुटिङमा ड्रोन क्यामेराको प्रयोग गरिएको छ । साजन तामाङको नृत्य निर्देशन रहेको यस म्युजिक भिडियोको मेकअप वीना पाण्डेय रावले गरेकी हुन । मोडल अशोक आर्यन यादवको अपोजिटमा पुष्पा यादवलाई देख्न सकिने छ ।

पछिल्लो समय विभिन्न भाषाका म्युजिक भिडियोहरुमा निर्देशक श्रेष्ठ व्यस्त हुन थालेका छन । उनले धेरै भाषाका म्युजिक भिडियोमा का गरिसकेका छन ।

यस गीतका गायक सानु कुमार तथा गायिका ज्योति विश्वकर्मा हुन । गीतको लिरिक्स सरोज मन्डलले तयार गरेका हुन । म्युजिक भने संगितकार शैलेश विश्वकर्माको रहेको छ ।