निर प्रसाद गुरुङको जुनी एल्बममा समावेश तेस्रो गीत 'यो जुनीमा' सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

निर प्रसाद गुरुङको जुनी एल्बममा समावेश तेस्रो गीत ‘यो जुनीमा’ सार्वजनिक (भिडियो सहित)



हिमाल पोस्ट /असोज ९ 

“यो जुनीमा वाचुन्जेल सम्म तिम्रै मायाको हात चाहिन्छ !! एकमुठी सास रहुन्जेल सम्म तिम्रै साथ चाहिन्छ । बोलको तेस्रो गीत सार्वजनिक भएको छ ।

नेपाली साङ्गीतिक इतिहासमा पहिलो पटक “शब्द एक, सङ्गीत अनेक”मा रहेर गीतकार तथा सङ्गीतकार निर प्रसाद गुरुङले आफ्नो पहिलो प्रस्तुति स्वरूप एकल शब्द तथा सङ्गीतमा रहेको पृथक् गीति सङ्ग्रह “जुनी” मार्फत यी गीतहरू सार्वजनिक गरिरहेका छन् ।

“शब्द एक, सङ्गीत अनेक”मा अन्तर्गत सार्वजनिक भएको यो निरको तेस्रो गीतमा राजेश पायल राई अनि पवित्रा गुरुङको आवाज रहेको छ

यस्तै गीतमा बि बि अनुरागीको सङ्गीत संयोजन, शुकुराम विश्वकर्माको मिक्सिंग मास्टरिङ्ग रहेको छ । “शब्द एक, सङ्गीत अनेक”मा रहेका ४ गीत मध्ये यो तेस्रो गीतमा गुरुङले एउटा पारिवारिक वातावरण लाई समेटेर वास्तविक जीवनमा आधरित शब्दको गीतलाई अलक अलक धारमा सङ्गीत भरेका हुन् ।

यस्तै यो गीतको तेस्रो म्युजिक भिडियो पनि बनेको छ । भिडियो लाई उत्सब दाहालले छायाङ्कन, निशान घिमिरेले सम्पादन अनि प्रकाश धितालले निर्देशन गरेका छन् ।

मोडलिङ्ग क्षेत्रमा आफूलाई अभिनयमा अब्बल बनाउँदै आएका मोडल जीवन भट्टराईको भिडियोमा दमदार अभिनय रहेको छ भने उनलाई जिना सुन्दासले भिडियोमा साथ दिएकि छिन ।

https://youtu.be/B8GZtLmL-dE