विमलेन्द्र निधिले भने: सरकारले राष्ट्रिय सहमतिको सदुपयोग गरेन - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

विमलेन्द्र निधिले भने: सरकारले राष्ट्रिय सहमतिको सदुपयोग गरेन



रामेछाप । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सडकमा उफ्रेर वा भारतको बिरोध गरेर सिमा समस्या समाधान नहुने बताएका छन् ।

प्रेस युनियन रामेछापले आइतबार सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा निधिले भने, ‘यो समस्या सडकमा उफ्रिएर वा नारा लगाएर समाधान हुँदैन कूटनीतिक हिसाबले समाधान गर्नु पर्छ ।’

भारतसँगको सीमा विवाद कूटनीतिक पहल गरी समाधान गर्नु पर्ने उनको न्हानाई थियो ।

भारतसँग मात्र नभइ चीनसँगसमेत सीमा विवाद भएको रहेको भन्दै उनले राष्ट्रिय सहमति बनेको यही बेलामा सरकाले दुबै देशसँग कूटनीतिक पहल अघि बढाउनु पर्ने बताए । तर, सरकारले यतिबेला राष्ट्रिय एकतालाई सदुपयोग गर्न नसकेको उनको आरोप छ ।