एनआइसि एसिया बैंकको ३० करोड ह्याक - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

एनआइसि एसिया बैंकको ३० करोड ह्याक



काठमाडौं-

विदेशी ह्याकरहरुले नेपालका वाणिज्य बैंकहरुलाई निसाना बनाउन थालेको समाचार बाहिर आइरहेको बेला मुलुककै प्रतिष्ठित बैङ्क एनआईसी एसियाको ३० करोड रुपैयाँ ह्याक गरेको रहस्य बाहिर आएको छ ।

लक्ष्मी पूजाको दिन बेलुकि बैङ्क बन्द गर्दा मुलुकभरकै शाखाको अवस्था दुरुस्त भएको रिपोर्ट सबै शाखा कार्यालयले बैङ्कका कार्यकारी अधिकृत लक्ष्मण रिसाललाई दिएको भए पनि आइतबार बिहान बैङ्कको सिस्टम हेर्दा ३० करोड रुपैयाँ नदेखिएपछि बैङ्कमा खैलाबैला मच्चिएको थियो ।

बैङ्कले रकमको खोजी गर्ने कामलाई प्राथमिकता दिइरहेका बेला उक्त रकम अन्तर्राष्ट्रिय ह्याकरहरुले ह्याक गरेको पत्ता लागेको थियो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

बैङ्कका सूचना प्रविधि विज्ञहरुले ह्याक भएको केही रकम फर्काउन सफल भए पनि अन्य रकम भने ह्याकरहरुले ह्याक गरेर विदेशमा रहेको बैङ्कमा ट्रान्सफर गरेको आशंका गरिएको छ ।

राष्ट्र बैङ्कका सहायक प्रवक्ता रोजेन्द्र पण्डितका अनुसार एनआईसी एसिया बैङ्कको खाताबाट विदेशबाटै रकमान्तर गरेको देखिन्छ ।

उनले यो विषयमा अध्ययन गर्न टोली पठाइसकिएको र एनआईसी एसिया बैङ्कसँग कारोबार गर्ने विदेशी बैंकहरुलाई कारोबार नगर्न आग्रह गरेको जनानकारी दिए ।