नेइमारले बनाए अचम्मको किर्तिमान - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

नेइमारले बनाए अचम्मको किर्तिमान



काठमाडौं- ब्राजिलका स्टार नेइमार आफ्नो देशका महान खेलाडी पेलेको सर्वाधिक गोलको कीर्तिमानभन्दा एक गोलले मात्र पछाडि परेका छन्।

चोटबाट फर्किएका नेइमारले सोमबार कतारमा जारी विश्वकपको प्रिक्वाटर फाइनलमा दक्षिण कोरियाविरुद्ध १३ मिनेटमा पेनाल्टीमार्फत गोल गरे।

उनले १२३ अन्तर्राष्ट्रिय खेलमा ७६ गोल पुरा गरेका छन्। पेलेको नाममा ७७ गोलको कीर्तिमान रहेको छ।