एक मात्र खेलाडीलाई जिते, फाइनलमा पुग्नेछ भारत - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

एक मात्र खेलाडीलाई जिते, फाइनलमा पुग्नेछ भारत



हिमालपोस्ट/काठमाडौँ – 

भारत र न्युजिल्यान्डबीचको सेमीफाइनल खेल केही घण्टाभित्रै सुरु हुँदैछ।

२०१९ को विश्वकप क्रिकेटमा भारतीय टिम बेजोड देखिन्छ र अहिलेसम्मको प्रदर्शनले उसलाई कागजमा पनि बेजोडै बनाएको छ। न्युजिल्यान्डका लागि भने चिन्ताको विषय एउटा छ – आफ्नो कप्तान विलियमसनमाथि आवश्यकता भन्दा बढी निर्भरता।

त्यसो त न्युजील्यान्डसँग रास टेरल, मार्टिन गुप्टिल र टम लाथमजस्ता अनुभवी र विध्वंसक ब्याट्सम्यानहरू नभएका हैनन् तर यस विश्वकपमा तीनै जनाको ब्याटले कुनै जादू देखाउन सकेन। तीनजनाले संयुक्त रूपमा बनाउने गरेको रनसङ्ख्यामा यसपाली ६० प्रतिशतमा मात्रै उनीहरूले बनाएका छन्। यसको क्षतिपूर्ति भने कप्तान विलियमसनले गरेका छन् र पूरै टिमको ३०.२८% रन आफैँ बनाएका छन्।

त्यसै गरी यस विश्वकपमा भारतीय टिमको २९% भन्दा बढी हिस्सा रोहित शर्माको रहेको छ। अन्य थुप्रै ब्याट्सम्यानहरू तयार भएकाले भारत आश्वस्त हुने बाटो छ। विराट कोहलीले शतक नबनाए पनि छिनमै पचास रन त पुऱ्याइहाल्छन्।के.एल. राहुलले अघिल्यो म्याचमा शतक  बनाए। धोनीको ब्याट्सम्यानसिप ढिलो भएता पनि उनले ८ वटा खेलमा ४४ को औसतमा २२३ रन बनाइसकेका छन्।

त्यसैले रोहित नहुँदा पनि भारतलाई चिन्ता गरिरहन आवश्यक छैन।

तर न्युजिल्यान्डले चिन्तित हुनुपर्ने कारण छ। यस विश्वकपमा सबैभन्दा बढी रन बनाउने १५ ब्याट्म्यान मध्ये न्युजिल्यान्डका ब्याट्सम्यान विलियमसनमात्र हुन्। जबकि शीर्ष ब्याट्सम्यानहरूमध्ये तीन जना भारतका छन्। पहिलो नम्बर रोहित शर्मा, नवौँमा विराट कोहली र चौधौँमा के.एल. राहुल।

न्युजिल्यान्डले पछिल्ला तीनैवटा खेल हारेको छ र विलियमसनले पनि धेरै रन बनाउन सकेनन्। उनले क्रमस २७, ४० र ४१ रन बनाएका थिए।

त्यसैले गणितले त यसो भन्छ – यदि भारतीय बलरहरूले विलियमसनलाई फँसाएर छिटै प्याभिलियन फर्काए भने सजिलो विजय हुन सक्छ।

(एजेन्सी)