कृष्टिनाको मायामा निर्जन पागल भएपछि...(भिडियो सहित) - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

कृष्टिनाको मायामा निर्जन पागल भएपछि…(भिडियो सहित)



समिर प्रकाश पाण्डे

२०११ मा मेनहन्टको उपाधि उचाले लगत्तै एक पछि अर्को म्युजिक भिडियो तथा चलचित्र बाट चर्चा कमाउदै आएका मोडल / नायक निर्जन थापा यति बेला कृष्टिना थापाको मायाजालमा परि पागल जस्तै भएका छन् र भन्दै छन् भो माया अब लाउदिन तर यो रियल लाईफमा नभएर क्यानभास एल्बममा समावेश “भो माया अब लाउदिन” बोलको गिती भिडियो मा देख्न सकिन्छ जुन गीतको भिडियो केही दिन अगाडि मात्र सार्वजनिक भएको छ ।

सुरज कुमार थापा को स्वरमा रहेको यस गीतमा शब्द नव तिमिल्सेना लय सुरज कुमार कै रहेकको छ प्रेममा मिलन बिछोडलाई कथा बनाएर तयार परिएको यो गीतको भिडियो निर्देशन निकेश खड्का ले गरेका छन् भने अर्जुन तिवारीको छयाकंन र निसान घिमिरेको सम्पादनमा भिडियो तयार भएको छ । गीत सुरज कुमार थापाको को प्रस्तुतिमा बजारमा आएको छ ।