बालेन शाह र हर्क साम्पाङको एकै स्वर- नेताहरू 'भारतीय गुलाम' - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

बालेन शाह र हर्क साम्पाङको एकै स्वर- नेताहरू ‘भारतीय गुलाम’



काठमाडौं । नेताहरूमाथि कडा टिप्पणी गरिरहेका काठमाडौं महानगरका मेयर बालेन शाह र धरान उमहानगरपालिकाका मेयर हर्क साम्पाङका पछिल्ला अभिव्यक्तिमा एकै स्वर देखिन थालेको छ ।

बिहीबार राति ट्विटरमा काठमाडौंका मेयर बालेनले विदेशीले बनाएको प्रधानमन्त्रीबाट ‘आशा गर्न नसकिने’ बताएपछि साम्पाङले पनि समर्थन जनाएका छन् ।

पोस्टमा पतिक्रिया जनाउँदै दिँदै हर्कले लेखेका छन्,”करोडौँ बुझाएर बनेका सांसद र विदेशीले बनाएको प्रधानमन्त्रीबाट के नै आशा गर्नु र ?”

निरन्तर नेताहरूबारे खरो टिप्पणी गर्दै आएका बालेनले आज ‘भारतीय गुलाम’ले देश चलाइरहेको बताएका छन् । उनले आफूलाई प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि नै शंका लागेको पनि बताएका छन् ।

“दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा । भारतीय गुलामहरूले देश चलाउँदै छ र म मात्र विरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरू हुन् ?,” बालेनले भनेका छन् ।