जुलाई १५ मा नेपथ्य एडीलेड आउदै - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

जुलाई १५ मा नेपथ्य एडीलेड आउदै



एडीलेड |
साउथ अस्ट्रेलियामा रहेका नेपाली संगीतप्रेमीहरुले यहि जुलाई १५ तारिकमा नेपथ्यसंगै संगीतमा झुम्न पाउने भएका छन् । नेपालको लोक रक ब्याण्ड नेपथ्यले नरउड कन्सर्ट हलमा प्रस्तुति दिन लागेको आयोजक थ्री केजी इभेन्ट्सले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । सांगीतिक क्षेत्रमा रजत वर्ष मनाई रहेको नेपथ्य ब्याण्डको साउथ अस्ट्रेलिया हुने कार्यक्रमलाई भब्य गराउनको निम्ति आयोजक सहित यहाँ रहेका अन्य संघ सस्थाहरु पनि जुटेका छन् । पत्रकार सम्मेलनमा बोल्दै आयोजक थ्री केजी इभेन्ट्सका खुम घलेले साउथ अस्ट्रेलियामा नेपथ्यको कार्यक्रम गर्न पाउदा खुसि र उत्साहित भएको बताए। उनले भने ” कार्यक्रमलाई भब्य गराउनको निम्ति हामी सबै तयारीहरु एकदमै व्यवस्थिति रुपले गरिरहेका छौ ,हामी कार्यक्रमलाई बिशेष र सधै भरि सम्झन लायक गराउने छौ।

वेम्ली सहित विश्वका विभन्न राष्ट्रहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिई सकेको नेपथ्य ब्याण्डको एडीलेडमा हुने सांगीतिक कार्यक्रममा सबै नेपाली भाषीहरुलाई सहभागी हुन प्रायोजक एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस एडीलेड शाखाका प्रबन्धक निर्देशक रुपक बर्तौलाले आग्रह गरे। नेपथ्य ब्यान्डले सन १९९० देखि मेरो देश, हिमाल चुचुरी, मीन पचास मा, श्रिंगार, रेसम, भेडाको उन जस्तो, घटना, मेरो देश, ऐना झ्याल जस्ता प्रख्यात एल्बमहरु निकालेका छन् । कन्सर्टमा नेपथ्यले सँधै झै उसका पुराना साथै नयाँ गीतहरु पनि श्रोताहरुलाई सुनाउने थ्री केजीका प्रदिप खत्रीले बताए । कार्यक्रममा अमृत गुरुङ सहित ड्रमसेटमा ध्रुव, किबोर्डमा सुरज, बेस गितारमा सुविन, गितारमा निरज र मादलमा शान्तिले साथ दिने छन् । दुई दशक भन्दा बढी समय देखि नेपाली सांगीतिक क्षेत्रमा चर्चित रहदै आएको यस ब्याण्ड तुलनात्मक रुपमा अरु नेपाली सांगीतिक समुह भन्दा महँगो ब्याण्डका रुपमा चिनिन्छ ।