मानक नेपाली भाषा अन्तर्राष्ट्रिय सञ्जाल गठन - Himal Post Himal Post
  • १ जेष्ठ २०८२, बुधबार
  •      Wed May 14 2025
Logo

मानक नेपाली भाषा अन्तर्राष्ट्रिय सञ्जाल गठन



नेपाली भाषामा देखापरेका अव्यवस्था र अस्तव्यस्ताका विरुद्ध नेपाली भाषाको मानकीकरण अभियानलाई अझ सशक्त तुल्याउने भन्दै राजधानीमा ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’ गठन भएको छ ।

नेपाली भाषा, साहित्य र सञ्चारका क्षेत्रमा क्रियाशील प्राध्यापक, शिक्षक, वकिल, पत्रकार, साहित्यकार सम्मिलित यस सञ्जालले विभिन्न सङ्घसंस्था र व्यक्तिसँग समन्वय, संयोजन र सहकार्य गर्दै नेपाली भाषामा हाल देखिएको अराजकतालाई रोक्ने उद्देश्य लिएको सञ्जालका अध्यक्ष प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेलले जानकारी दिए ।fb_img_1477490577423 fb_img_1477490591830

देशविदेशका विभिन्न सङ्घसंस्थासँग सम्बद्ध विभिन्न क्षेत्रका भाषिक प्रयोक्ताहरूको भेलाले प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलको अध्यÔतामा ६३ सदस्यीय ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’ गठन गरेको हो । समितिका पदाधिकारीमा प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल अध्यक्ष, भरतकुमार भट्टराई वरिष्ठ उपाध्यक्ष, प्रा.डा. कपिल लामिछाने, प्राज्ञ नरनाथ लुइटेल, डा. विजय सुब्बा, हरि अधिकारी उपाध्यक्ष, डा. लक्ष्मणप्रसाद गौतम महासचिव, राधेश्याम लेकाली सचिव, ठाकुर बेलबासे सहसचिव र डा. नारायणप्रसाद शर्मा गैरे कोषाध्यक्ष रहेका छन् ।
यसरी नै समितिको पहिलो बैठकले समितिको कामकारवाही चुस्त र सहज बनाउनका लागि ११ सदस्यीय सचिवालय पनि गठन गरेको छ । भाषा, साहित्यक्षेत्रका विशिष्ट व्यक्ति सम्मिलित ११ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको जानकारी अध्यक्ष लुइँटेलले दिएका छन् ।