एडीलेड नेप्लिज क्रिकेट एशोसियन (एनका)को बार्षिक कार्यक्रम हुदै - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

एडीलेड नेप्लिज क्रिकेट एशोसियन (एनका)को बार्षिक कार्यक्रम हुदै



साउथ अस्ट्रेलिया  ।एडीलेड नेप्लिज क्रिकेट एशोसियनले ( एनका) वार्षिकोत्सव कार्यक्रम आयोजना गर्ने भएको छ ।

एनका खेलकुद सत्र १७ -१८ को अन्त्यसंगै आयोजना हुने उक्त बार्षिक कार्यक्रम यहि २८ अप्रिल तारिकका दिन बेलुका ६ बजे देखि १० बजे सम्म टेस्ट अफ हिमालय रेस्टुरेन्टमा आयोजना गरिएको क्रिकेट एशोसियनका अध्यक्ष बिजय जोशीले बताए ।

जोशीका अनुसार क्लबको बार्षिक प्रगति बिवरण प्रस्तुति , खेलाडीहरुलाई सम्मान पत्र बितरण , सांस्कृतिक प्रस्तुतिहरु लगायतका कार्यक्रमहरु रहने छन् ।

उक्त कार्यक्रममा क्लब एमबेस्डर तथा प्रिमियरका लागि सहायक मन्त्री जिंग ली, साउथ अस्ट्रेलिया क्रिकेट एशोसियन कि पहिलो महिला निर्देशक सयाली नेइहुस , पाराल्याम्पिक खेलाडी कट्रिना वेब्ब , एडीलेड युनिभर्सिटी क्रिकेट क्लब तथा साकाका प्रतिनिधिहरु, स्पोन्सरहरुको लगायतको बिशेष उपस्थिति रहने जोशीले बताएका छन्।

साउथ अस्ट्रेलियन क्रिकेट एशोसियनसंग सहकार्य गर्दै नेपाली समुदाय भित्र रहेका क्रिकेट खेलाडीहरुको प्रतिभालाई प्रस्फुटन गर्न मंच प्रदान गर्दै आएको क्लबले पछिल्लो समय बालबालिकाहरुलाई लक्षित गरेर समेत कार्यक्रमहरु गर्दै आएको छ।