माधव समूहमा २० प्रतिशत नपुग्ने दाबी: पार्टी विभाजन पनि संकटमा - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

माधव समूहमा २० प्रतिशत नपुग्ने दाबी: पार्टी विभाजन पनि संकटमा



काठमाडौं- नेकपा एमालेको माधव नेपाल समुहले पार्टी विभाजन गर्ने अन्तिम तयारी गरिरहेका बेला सरकारले अध्यादेश ल्याएर सहज बनाइदिएको चर्चा चलिरहेकै बेला अध्यादेशमा ब्यबस्था गरिएको झिनो संख्या पनि नपुग्ने देखिएको छ ।

एमाले वरिष्ठ नेता नेपालस पक्षको नयाँ दल दर्ताको तयारी थालेको चर्चाबीच एमाले विभाजन गर्न आवस्यक संख्या नेपाल समूहसंग नपुग्ने ओली पक्षका नेताहरूको दाबी छ । सरकारले दल विभाजनलाई सहज हुनेगरी अध्यादेश ल्याउने निर्णय गरे लगत्तै नेकपा एमाले विभाजनतिर अगाडि बढेको हो।

अध्यादेश ल्याएसँगै एमाले विभाजन गर्न तयारी गरेपछि केहि नेताहरूले नेपालको साथ् छाडेका छन् । खासगरी प्रभावशाली मानिएका नेपाल समुहका नेताहरूले नै उनको साथ् छाड्ने भएका छन् । एकता कार्यदलमै भएका नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई लगायतका नेताहरू संस्थापन समूहमै रहने भएका छन् ।

उनीहरूले पार्टी विभाजन गरेको खण्डमा नेता नेपाललाई साथ् दिन नसक्ने बताएका छन् । त्यसबाहेक पनि नेपाल समूहमै रहेका केहि नेताहरूले उनलाई साथ् नदिने देखिएको छ। अर्कातिर पार्टी अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले केहि सांसदहरूलाई कारबाही गरेका छन् ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले दल विभाजन गर्न पार्टी र संसदीय दलमा ४०/४० प्रतिशत हुनुपर्ने व्यवस्था गरे पनि एमाले विभाजन गराउनकै लागि सरकारले २० प्रतिशत थ्रेसहोल्डमै पार्टी विभाजन गर्न मिल्ने व्यवस्था गरे अध्यादेश ल्याएको छ। तरपनि पछिल्लो अवस्थामा नेता नेपाल समुहमा त्यो संख्या नपुग्ने नेपाल एमालेकै नेताहे बतौना थालेका छन् ।

एमालेमा १ सय २१ जना सांसद छन्। त्यसमध्य झिनो संख्यामा मात्र नेपाल समुहमा खुलेका छन् ।

अहिलेसम्म माधव पक्षमा खुलेका सांसदहरू विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती बिसुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरू, रामकुमारी झाँक्री, कलिला खातुन, समिमा हुसेन, कृष्णलाल महर्जन मात्रै हुन् ।

एमालेमा पुराना २ सय तीन केन्द्रीय सदस्यमध्य नेपाल समुहमा जम्मा ५० जति केन्द्रीय सदस्य खुलेका छन् । तर अध्यक्ष ओलीले निर्वाचन आयोगमा केन्द्रीय सदस्यहरू थपेर अध्यावधिक गर्न पठाएका छन् । यसी आयोगले यो संख्या अध्यावधिक गरेको खण्डमा नेपाल समुहलाई असार पर्ने देखिन्छ।

यी हुन् नेपाल पक्षमा खुलेका केन्द्रीय सदस्यहरू झलनाथ खनाल, वामदेव गौतम, मुकुन्द न्यौपाने, गंगालाल तुलाधर, नागेन्द्र चौधरी, प्रदीप नेपाल, प्रकाश ज्वाला, परशुराम मेघी गुरुङ, बेदुराम भुसाल, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, रामप्रीत पासवान, डा. विजय पौडेल, श्रीमाया थकाली, गौरा प्रसाईं कोइराला, जगन्नाथ खतिवडा, तुलबहादुर गुरुङ, भागवत विश्वासी, शत्रुधन महतो, चूडामणि जंगली, जयन्ती राई, जीवनराम श्रेष्ठ, बलदेव चौधरी, राजेन्द्रकुमार राई, रामकुमारी झाँक्री, लक्ष्मण पौडेल, विजय गुरुङ, विरोध खतिवडा, विश्वनाथ प्याकुरेल, सावित्रा भुसाल, सीता गिरी, ओली श्रीप्रसाद शाह, केदार न्यौपाने, कल्याणी खड्का, घनेन्द्र बस्नेत, प्रमेश हमाल, रामकुमार ज्ञवाली, धर्मनाथ साह, यदुवंश झा, रामचन्द्र यादव, रवीन्द्र बैठा रामचन्द्र साह तेली रत्नेश्वर गोइत हरिनारायण महतो, कृष्ण खनाल, दिनेश राई, निरा जैरू, प्रेमलकुमार खनाल, मेटमणि चौधरी, रचना खड्का, रामरतीदेवी राम, शेरबहादुर केसी, हंसराज शाही, खगेन्द्र चुँडाल, डा. देउमान सम्बाहाङ्फे,देवशंकर पौडेल, सरला यादव

नेपाल पक्षले पार्टीको नाम नेकपा एमाले (समाजवादी), चुनाव चिह्न कलम प्रस्ताव गर्ने र आयोगले नमाने विकल्प दिने तयारी गरेको छ। उता एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बरिष्ठ नेता नेपालसहित १४ सांसदलाई पद मुक्त गर्ने घोषणा गरिसकेका छन्।