अब नेताहरू देश छाडेर भाग्नुपर्ने स्थिति आउँदैछ- राजेन्द्र लिङ्देन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अब नेताहरू देश छाडेर भाग्नुपर्ने स्थिति आउँदैछ- राजेन्द्र लिङ्देन



काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले संघीयता देशको लागि आवश्यक नभएको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संघीयतालाई अब घिसारेर लैजान नसकिने भन्दै रक्तपातबिना र दबाबबिना सल्लाह गरेर राजतन्त्र पुनःस्थापना गर्न राजनीतिक दलहरुसँग आग्रह गरे।

उनले नयाँ सहमति नगरे र दलहरु नसच्चिए अब जनदबाबको आँधीबेहरीको तयारी गर्ने दायित्व राप्रपाको भएको बताए। उनले राजनीतिक दलका नेताहरुलाई देशबाट भाग्नुपर्ने स्थिति आउनुभन्दा अगाडि सच्चिन चेतावनी दिए।

उनले राप्रपा पार्टीले अब देशको नेतृत्व नगरेसम्म देशभित्रै गरिखाने वातावरण सिर्जना नहुने दाबी गरे। उनले दशैँ तिहार सकिएपछि आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने गरी अघि बढ्न दलका नेता, कार्यकर्तालाई निर्देशन दिए।

‘देशलाई दुर्घटनामा जान दिनु हुँदैन। होइन, दलहरु सच्चिँदैनन् र उनीहरु नयाँ सम्झौताको लागि तयार हुँदैनन् भने अब जनदबाबको आँधीबेरीको तयारी गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको हुन्छ, तपाई हाम्रो हुन्छ। देशको यो अवस्थामा हामी मुकदर्शक भएर बस्न सक्दैनौँ,’ उनले भने।