नेपाल र यूएईबीचको पहिलो ओडीआई खेल आजबाट सुरु - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नेपाल र यूएईबीचको पहिलो ओडीआई खेल आजबाट सुरु



समीर प्रकाश पाण्डे (युएई) ।
नेपाल र यूएईबीचको पहिलो ओडीआई खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ११: १५ बजे आईसीसी एकेडेमी ओभल ग्राउण्ड दुबई सुरु हुनेछ ।

यो नेपालको दोस्रो ओडीआई सिरीज हो । यस अघि नेपालले गत अगस्टमा नेदरल्यान्डसँग पहिलो ओडीआई श्रृंखला खेलेको थियो । उक्त श्रृंखला १–१ को बराबरीमा सकिएको थियो । दोस्रो ओडीआई श्रृंखलामा नै नेपालले पहिलो सिरीज जित्ने लक्ष्य राखेको छ । युवा खेलाडीले भरिएको नेपाल उच्च मनोबल र बेग्लै जोश जाँगरका साथ मैदान प्रवेश गर्ने छ । युवा खेलाडीलाई पनि प्रमाणित गर्ने राम्रो अवसर र चुनौती दुवै छ ।

को को छन् त नेपाली र युएई टोलीमा

नेपालको टोली-पारस खड्का (कप्तान),अभिनाश बोहोरा,वसन्त रेग्मी,विनोद भण्डारी,दिपेन्द्रसिंह ऐरी,ज्ञानेन्द्र मल्ल,करण केसी,ललित नारायण राजवंशी, आरिफ शेख,पवन सर्राफ,प्रदिप ऐरी,रोहित कुमार पौडेल,सन्दिप लामिछाने,सोमपाल कामी,सन्दिप जोरा,भिम सार्की ।

यूएई टोली – मोहम्मद नाविद(कप्तान),मोहम्मद उस्मान(उपकप्तान),चिराग सुरी,अशफाक अहमद,मोहम्मद बुटा,शाइमन अनवर,गुलाम शब्बर,इमरान हैदर,ताहिर मुगल,अमिर हयात,जाहूर खान,कदीरअहमद,फहद नवाज,अब्दुल शकूर,सुल्तान अहमद,सी।पी।रिजवान ।