नया शैलीमा नेपाल आइडल: उद्घोषक फेरीए, पुरस्कार थपियो - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

नया शैलीमा नेपाल आइडल: उद्घोषक फेरीए, पुरस्कार थपियो



काठमाडौं- नेपालमा भित्राइएको पहिलो गायन रियालिटी शो नेपाल आईडलको सिजन ३ आजदेखि सुरू हुँदै छ।

चाहाना मिडियाको प्रस्तुतिमा तयार गरिएको नेपाल आइडल यस वर्ष केही नयाँ शैलीमा देखिने बताइएको छ।

अडिसन राउन्डमा देशभरका चार हजार प्रतिस्पर्धीले सहभागीता जनाएका थिए। उनीहरुमध्येबाट एक सय प्रतिस्पर्धी बिहीबारदेखि आफ्नो प्रस्तुति दिने तयारी गरेको बताइएको छ।

अघिल्लो सिजनको तुलनामा यस सिजनमा पुरस्कारको राशि पनि बढाएको बताइएको छ। यधपी कति बढाएको भने खुलाइएको छैन ।

यो सिजनमा पनि अघिल्ला सिजनजस्तै सुगम संगीतले नै महत्व पाउनेछ। यसँसगै लोक, पपले पनि स्थान पाउने जनाएको छ।

यो सिजनमा निर्णायक भने उनै तीन जना रहेका छन्। उद्घोषणमा भने केही फरक देखिनेछ। अघिल्लो सिजनकी उद्घोषिका रीमा विश्वकर्मा देखिने छैनन्। उनको ठाउँमा माम्पी घोषले उद्घोषण गर्नेछिन्। त्यस्तै, आसिफ शाहले भने यो सिजनमा पनि निरन्तरता पाएका छन्।

नेपाल आइडल हरेक बिहीबार र शुक्रबार राति ८ः३० बजे एपीवान र रमाइलो च्यानलमा हेर्न सकिनेछ।