एकीकृत समाजवादीले भन्यो- माओवादीसँग एकता गर्ने कुनै योजना छैन - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

एकीकृत समाजवादीले भन्यो- माओवादीसँग एकता गर्ने कुनै योजना छैन



काठमाडौं- नेकपा (एकीकृत समाजवादी) ले तत्काल नेकपा (माओवादी केन्द्र)सँग एकताको निर्णय नभएको जनाएको छ ।

पार्टी महासचिव डा बेदुराम भुसालले एक विज्ञप्ति जारी माओवादी केन्द्रसँग एकताका लागि कुनै पनि छलफल नभएको अवस्थामा विभिन्न सञ्चारमाध्यममा आएका निराधार समाचारप्रति कुनै सत्यता नरहेको प्रष्ट पारेका छन् ।

दुवै पार्टी एकताबारे भइरहेको प्रचारबारे भ्रम फैल्याउन खोजिएकाले त्यस्ता समाचारप्रति विरोध गर्दै विज्ञप्तिमा भनिएको छ, “दुई पार्टीबीच तत्काल एकता गर्ने भनी आएका समाचार पूर्णतः निराधार छन्, यसमा कुनै सत्यता छैन ।”

यसअघि पार्टीले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको विस्तृत समीक्षाका लागि केन्द्रमा प्रतिवेदन उपलब्ध गराउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको थियो । रासस