एक खेल अगाडी नै सेमिफाइनल पुग्नसक्छ नेपाल - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

एक खेल अगाडी नै सेमिफाइनल पुग्नसक्छ नेपाल



काठमाडौँ- नेपालमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आयोजक नेपालले आज साउदी अरेबियाविरुद्ध खेल्दैछ । आजको खेलमा राम्रो प्रदर्शन गर्न सके नेपाल सिधै सेमिफाइनलमा पुग्नेछ ।

समूह ‘ए’ मा रहेका नेपाल र साउदी अरेबियाबीचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ । पछिल्ला खेलहरूले नेपालले साउदीलाई सजिलै हराउन सक्ने देखिन्छ ।

जारी प्रतियोगितामा नेपालले अघिल्ला दुवै खेलमा जित हात पारिसकेको छ । साउदी अरेबियाविरुद्ध जित हात पारे एक खेल अगावै नेपाल सेमिफाइनलमा पुग्नेछ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानविरुद्ध ८४ रनको जित हात पारेको थियो । साउदी अरेवियाले भने पहिलो खेलमा मलेसियासँग ८ विकेटको पराजय भोग्दा दोस्रो खेलमा कतारलाई ७ विकेटले पराजित गरेको थियो ।

समूह ‘ए’ मा नेपालले २ खेलबाट ४ अंक जोड्दा ओमानको ३ खेलमा ४ अंक छ । साउदी अरेवियाको २ खेलमा २ अंक तथा मलेसियाको ३ खेलमा २ अंक छ । कतारले दुवै खेलमा पराजय भोगेको छ ।