बैठकमा माधव नेपालको ब्रिफिङ- थ्रेस होल्ड जसरी पनि कट्छ, राष्ट्रिय पार्टी बन्छ - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

बैठकमा माधव नेपालको ब्रिफिङ- थ्रेस होल्ड जसरी पनि कट्छ, राष्ट्रिय पार्टी बन्छ



नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको बैठकमा थ्रेस होल्ड काट्ने ब्रिफिङ गरेका छन् । पार्टीका नेताहरूले राखेको जिज्ञासामा उनले थ्रेस होल्ड काट्ने बताएका थिए ।
बैठकले अहिलेकै गठबन्धनको सरकार बन्ने निष्कर्ष समेत निकालेको छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा गठबन्धन बहुमतको नजिक पुगेको छ।

एकीकृत समाजवादीले एमालेसहितको सरकारका लागि अहिले परिस्थिति नबनेको विश्लेषण गर्दै अहिलेकै पाँच दलीय गठबन्धनको सम्भावना बलियो रहेको जनाएको हो।

चुनावी समीक्षा गर्न मंगलबार आलोकनगरमा बसेको सचिवालय बैठकमा अध्यक्ष नेपालले यसबारेमा ब्रिफिङ गरेका थिए। आफ्नो पार्टीले समानुपातिकतर्फ तीन प्रतिशत मत ल्याएर थ्रेस होल्ड कटाउने समाजवादीको विश्लेषण छ। त्यसबेला गठबन्धनलाई आवश्यक बहुमत संख्या पुग्ने उसको ठम्याई छ।

एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० क्षेत्र जितेको छ। समानुपातिकतर्फ ९८ लाख ८ हजार मत गणना हुँदा २ लाख ७७ हजार मत पाएको छ।

यदि थ्रेस होल्ड कटाएको अवस्थामा समाजवादीको ३ सांसद समानुपातिक तर्फबाट पाउनेछ।