कुवेतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

कुवेतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने



नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कुवेतविरुद्ध टस हारेसँगै पहिले ब्याटिङ गर्ने भएको छ ।

टीयू क्रिकेट मैदानमा कुवेतले टस जितेसँगै नेपालले ब्याटिङ गर्ने निम्तो पाएको हो । नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यता, कुवेत समूह ‘बी’ को उपविजेता बनेर सेमिफाइनलमा स्थान बनाएको हो ।

नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । आफ्नो दोस्रो खेलमा ओमानलाई ८४ रनले पराजित गरेको नेपालले साउदी अरबसँग वर्षाको कारण खेल रद्द भएसँगै अंक बाँडेको थियो । त्यस्तै, आफ्नो अन्तिम खेलमा कतारलाई ६८ रनले पराजित गरेसँगै नेपालले सात अंक बनाउँदै समूह विजेता बनेको हो ।

यता, हङकङलाई समूह चरणको आफ्नो अन्तिम खेलमा पराजित गर्दै कुवेतले सेमिफाइनलमा स्थान बनाएको हो । आजै दोस्रो सेमिफाइनलमा मूलपानी क्रिकेट मैदानमा ओमान र यूएईबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल ओडीआई मान्यता प्राप्त हो ।