भारतीय तरकारी र फलफूलमा नेपालको नाकाबन्दी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भारतीय तरकारी र फलफूलमा नेपालको नाकाबन्दी



काठमाडौँ 

सरकारले गरेको एउटा निर्णयले भारतमा हल्लीखल्ली मच्चिएको छ भने नेपालमा खुसीयाली छाएको छ । भारतबाट आयात हुने अधिकांश हरियो तरकारी र फलफूलमा जनस्वास्थ्यलाई गम्भीर असर गर्ने विषादीको अत्यधिक प्रयोग गरेको प्रमाणित भएपछि सरकारले तरकारी र फलफूल आयातमा कडाई गरेको हो ।

सरकारले भारतीय तरकारी तथाा फलफूलमा एक किसिमको नाकाबन्दी नै लगाएको छ । तरकारी तथा फलफूल आयात हुने प्रमुख नाकाहरूमा भारतीय ट्रकको लामो लाइन छ । भारतबाट आयात नहुँदा उपत्यकालगायत देशका अधिकांश भागमा तरकारी र फलफूलको मूल्य बढे पनि आम उपभोक्ताले भने विषादीमुक्त वस्तु सेवन गर्न पाइरहेका छन् । भारतको कर्णाटक, मध्यप्रदेश, महाराष्ट्रका विभिन्न जिल्लाबाट नेपालमा तरकारी आयात हुन्छ ।

खुला सीमाका कारण तरकारी जाँचेर आयात गर्न नसकिँदा राजधानी काठमाडौँमा विषाक्त तरकारी भित्रिरहेको थियो । काठमाडौँमा दैनिक ६ सय ५० देखि ७ सय ५० मेट्रिक टन तरकारी भित्रिने गरेको छ । यसमध्ये अधिकांश बन्दा, खुर्सानी, पर्वर, इस्कुस, प्याज, आलु भारतबाट ल्याइन्छन् ।