भारतीय बजारमा नेपाली माछा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भारतीय बजारमा नेपाली माछा



नेपालगञ्ज । बर्दिया जिल्लामा उत्पादित माछा नेपाली बजारको साथै भारततर्फ समेत निर्यात हुन थालेको छ । जिल्ला कृषि विकास कार्यालय, बर्दियाका अनुसार बर्दियामा उत्पादित माछा मध्य पश्चिमका विभिन्न जिल्ला तथा सीमावर्ती क्षेत्रका भारतीय बजारमा पनि नेपालबाट माछा जान थालेका छन् ।

मध्य पश्चिमका विभिन्न जिल्लामा माछाको माग बढ्दै गएपछि बर्दियामा माछापालन व्यवसाय बढ्दैगएको छ । थोरै लगानीमा छोटो समय र कम मिहिनेतमा धेरै कमाइ हुने भएपछि बर्दियाका धेरै किसान माछापालनतर्फ आकर्षित भएका हुन् ।

जिल्ला कृषि विकास कार्यालय, बर्दियाका मत्स्य विकास प्रमुख गणेश थापाका अनुसार गत वर्षमात्रै बर्दियाबाट करिब ३० करोड रुपियाँकोे माछा निकासी भएको छ । माछाको माग निकासी भन्दा पनि धेरै रहेको छ ।

बर्दियामा उत्पादन भएका माछा बा“के, सुर्खेत, दाङ, कैलाली जिल्लामा निकासी हुने गरेको छ । प्रमुख थापाले यहा“का माछा सीमावर्ती भारतीय बजारमा समेत खरिदबिक्री हुने गरेको दाबी गरे ।

तीन वर्षअघि आधुनिकीकरण कृषि परियोजना अन्तर्गत बर्दियाको बढैयातालका किसानलाई माछापालनका लागि परियोजनाले अनुदानबापत तीन करोड रुपियाँ अनुदान दिएको थियो । त्यसयता जिल्लामा व्यावसायिक रूपमा माछा उत्पादन बढ्दै गएको हो ।

आर्थिक वर्ष २०६४÷६५ देखि अभियानका रूपमा मत्स्य उत्पादन कार्यक्रम जिल्लामा लागू गरिएपछि व्यावसायिक माछापालन गर्ने कार्य सुरु भएको हो । फिस मिसन कार्यक्रमबाट एक हेक्टर पोखरी खन्न एक लाख रुपियाँ अनुदानका रूपमा दिने व्यवस्था भएपछि मत्स्यपालनमा कृषकको आकर्षण झनै बढेको कृषि विकास कार्यालयले जनाएको छ ।

नमुना मत्स्य उत्पादन पकेट क्षेत्रका रूपमा जिल्लाको सोरहवामा मात्रै १५५ हेक्टर क्षेत्रफलमा २७० पोखरी खनेर माछा पालिएको छ ।

त्यसबाहेक ७० हेक्टर क्षेत्रफल रहेको बढैया तालमा समेत माछापालन गरिएको छ । जिल्लामा हाल ५०७ हेक्टर क्षेत्रफलमा व्यावसायिक माछापालन गरिएको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा वार्षिक १४ सय २८ मेट्रिक टन माछा उत्पादन हुन्छ ।

कार्यालयले कृषि प्रसार कार्यक्रम अन्तर्गत साना पोखरी, घोलमा माछापालन, मुक्तकमैया क्षेत्रमा माछापालन, माछाका भुरा ढुवानी अनुदान, आकस्मिक सेवा, करेसाबारीमा माछापोखरी लगायतमा सहयोग गर्दैआएको छ ।

बजारको समस्या पनि नहुनु र उत्पादन समेत राम्रो भएकाले यस क्षेत्रमा कृषकको संख्या बढ्दो छ । व्यावसायिक रूपमा माछापालन गर्ने हो भने बजारको समस्या नभएको स्थानीय किसान जीवन थारूले बताए ।

परम्परागत खेतीबाट घर चलाउनै धौ–धौ भएपछि माछापालन सुरु गरेको जनाउँदै थारूले थोरै समयमा यसबाट राम्रो आम्दानी गर्न सफल भएको जनाए ।  लगानीको अनुपातमा आम्दानी दोब्बर हुन थालेपछि अधिकांश स्थानीयले धानखेती छाडेर माछापालन विस्तार गरेका छन् ।

जिल्लाका कृषक माछापालन व्यवसायतर्फ आकर्षित भएपछि जिल्लामै मत्स्य ह्याचरी फार्म सञ्चालनमा आएको छ । माछाका भुराको माग धेरै हु“दा व्यवसायीको मागअनुसार उत्पादन गर्ने उद्देश्यले मत्स्य ह्याचरी सञ्चालनमा ल्याइएको गौरीशङ्कर मत्स्य ह्याचरी फार्म सञ्चालन गरेका छन् ।

हालसम्म गौरीशङ्कर मत्स्य ह्याचरी फार्मले तीन करोड ह्याचरिङ, दुई करोड फ्राइ साइज र तीन लाख फिङ्गर साइजका भुरा उत्पादन गरिसकेको छ ।

हाल बढैयाताल गाउ“पालिकाको सोरहवा, मैनापोखर, कालिका, बारबर्दिया, बगनाह नगरपालिका लगायतमा माछा उत्पादन हुने गरेको छ ।

उत्पादित माछा जिल्लाका स्थानीय बजारका साथै नेपालगञ्ज, कोहलपुर, चिसापानी, कैलाली, दाङ, सुर्खेतसहित भारतका सीमावर्ती क्षेत्रमा समेत बिक्री हुनेगरेको १५ वर्षदेखि व्यवसाय गर्दै आउनुभएका नरेश थारूले बताए ।