प्रदेश सभाका उम्मेदवारसहित २११ जना नेकपामा प्रवेश - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

प्रदेश सभाका उम्मेदवारसहित २११ जना नेकपामा प्रवेश



कैलाली । नेपाली काङ्ग्रेस वर्दगोरियाका सयौं नेताकार्यकर्ता सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् । बुधबार नेपाल कम्युनिस्ट पार्टी बर्दगोरिया गाउँकमिटीले आयोजना गरेको पार्टी कार्यकता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरुले नेपाली काङ्ग्रेस त्यागी नेकपामा प्रवेश गरेका हुन् ।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका नबराज टमट्टा सहित १ सय ८१ जना नेकपामा प्रवेश गरेका छन् भने राष्ट्रिय प्रजातान्त्र पार्टीका प्रदेश सभाका प्रत्येक्ष उम्मेदवार दानबहादुर बम सहित २५ जना ,बिबेकशिल साझा पार्टीका ३ र राष्ट्रिय जनमोर्चाबाट २ जना सहित २ सय ११ जनाले विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका हुन् । नेपाली काङ्ग्रेस छोडी नेकपामा कार्यकर्ता ओहिरिएपछी नेपाली काङ्ग्रेस बर्दगोरियालाई ठुलो झट्का लागेको छ।

कार्यक्रममा नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सचीव नेपबहादुर चौधरी,नेकपा कैलाली इन्चार्ज रुपा चौधरी ,सह इन्चार्ज एबम प्रतिनिधि सभा सदस्य झपट रावल ,जिल्ला कमिटी कार्यबाहक अध्यक्ष लालबहादुर सोडारी ,महिला नेत्री गीता सोडारी लगाएतको उपस्थिति रहेको थियो ।