अर्घाखाँचीमा नेकपा छाडेर कांग्रेस प्रवेश गर्नेको लहर: नेकपा नेतृत्व तनावमा - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

अर्घाखाँचीमा नेकपा छाडेर कांग्रेस प्रवेश गर्नेको लहर: नेकपा नेतृत्व तनावमा



अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँची प्रदेश सभा क्षेत्रीय समिति, क्षेत्र नं १ ‘क’द्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। विपि स्मृति भवन सन्धिखर्कमा भएको उक्त कार्यक्रमको सभापतित्व क्षेत्र नं.१ ‘क’ का सभापति केशव राज कुँवरले गरेका थिए । भने प्रमुख आतिथ्यता केन्द्रिय प्रतिनिधि चन्द्र केसीले गरेका थिए ।

कार्यक्रममा समसामयिक राजनीतिक बिषयमा अन्तरक्रियासँगै पार्टी प्रवेश गर्नेहरूको लहर लागेको थियो ।

नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेहरूको उत्साह देखिएपछी नेकपा जिल्लाका नेकपामा व्यापक चर्चा भैरहेको छ ।

तत्कालीन नेकपा एमालेका नेता तथा दलित मुक्ति समाज अर्घाखाँचीका कार्यवाहक अध्यक्ष, नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष श्रीकृष्ण परियार काँग्रेस प्रवेश गरेका हुन । उनीसँगै तत्कालीन नेकपा माओवादी केन्द्रनिकट वाईसिएलका जिल्ला सदस्य तथा नेकपा माओवादी बल्काेटका सचिव जाबुलहक मियाँ पनि प्रवेश गरेका छन् ।

त्यस्तै नेकपा एमालेका तत्कालीन जिल्ला सल्लाहकार सदस्य अव्वर मियाँ पनि काँग्रेस प्रवेश गरेका हुन । तिनै जना नेकपामा प्रभावशाली नेताका रूपमा चिनिन्छन् ।

नवप्रवेशिहरूलाई नेपाली काँग्रेसका द्राेसाे चरणकाे जागरण अभियानका केन्द्रीय प्रतिनिधि चन्द्रबहादुर केसी, केन्द्रीय आमन्त्रित सदस्य बालकृष्ण पाण्डे, पार्टी सभापति विष्णु मुस्कान, पुर्वसभापतिद्वय पिताम्बर शर्मा, कमल भुसाल, उपसभापति शान्ता भण्डारी, सचिव विष्णु भुसाल, महाधिवेशन प्रतिनिधी लोकेन्द्र विश्वकर्मा, महाधिवेशन प्रतिनिधी लेखनाथ पोख्रेल, जिल्ला सदस्य पिताम्वर खनाल, क्षेत्रीय सभापति केशव राज कुँवर लगाएतले टीका र मालाले स्वागत गरेका थिए ।

कार्यक्रममा आमन्त्रित केन्द्रिय सदस्य बालकृष्ण पाण्डे, जिल्ला सभापति बिष्णु प्रसाद खनाल ‘मुस्कान’, जिल्ला समन्वय समितिका सभापति पिताम्बर भुसाल, पुर्व सभापति कमल प्रसाद भुसाल, जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समिति, क्षेत्र नं.१ भित्रका वडा सभापतिहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, गाउँपालिका प्रमुख, उप प्रमुख र वडाध्यक्षका साथै जन प्रतिनिधिहरू,विभिन्न भातृ तथा भगिनी संस्थाका प्रमुखहरू साथै शुभेच्छुक संस्थाका प्रमुखहरू लगायतका नेताहरूको सहभागिता थियो।

नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रिय समिति क्षेत्र नं. १ ‘क’ अर्घाखाँचीद्वारा विपि स्मृति भवन सन्धिखर्कमा आयोजित अन्तरक्रिया कार्यक्रम क्षेत्रिय सभापति केशबराज कुवँरकाे अध्यक्षता, उपाध्यक्ष कृष्ण बेल्बासेकाे स्वागत मन्तव्य र सचिव ताराप्रसाद फुल्लेलकाे सञ्चालनमा सम्पन्न भएकाे हाे ।