नेहा कक्कड नेपाल आउँदै : शनिबार कन्सर्ट - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

नेहा कक्कड नेपाल आउँदै : शनिबार कन्सर्ट



काठमाडौँ –

चर्चित भारतीय गायिका नेहा कक्कड शुक्रबार काठमाडौँ आउँदै छिन्।

ठमेलको लर्ड्स अफ ड्रिङ्स (एलओडी) मा शनिबारका लागि नेहा कक्कड लाइभ कन्सर्टमा आयोजना गरिएको छ। उनीसँग इन्डियन आइडल सिजन–१० का दुई प्रतिभाशाली गायक विभोर परासर र कुणाल पण्डित पनि हुनेछन्। नेपालमा यो कन्सर्ट नेहाको पहिलो हो र उनले करिब दर्जन गीत गाउने अपेक्षा गरिएको छ।

उनी पारामाउन्ट इन्टरटेन्मेन्टका प्रमुख तथा अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे तथा एलओडीका सञ्चालक जनार्दन ढुङ्गेल ‘जेडी’ को निमन्त्रणामा काठमाडौँ आउन लागेकी हुन्।

सन् २००६ को इन्डियन आइडल सिजन–२ बाट साङ्गीतिक यात्रा सुरु गरेकी नेहा कक्कडको बलिउडमा स्थान नम्बर १ छ।