राष्ट्रिय पार्टी बन्दै एकीकृत समाजवादी - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

राष्ट्रिय पार्टी बन्दै एकीकृत समाजवादी



प्रत्यक्षतर्फ १० सिट जितिसकेको नेकपा एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बन्न अब मात्र ९७ हजार मत आवश्यक देखिएको छ।

यसपटकको समानुपातिकमा १ करोड बढी मत खसेको छ। अहिलेसम्म एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीले समानुपातिकमा क्रमशः पहिलोदेखि छैटौ स्थान लिएका छन्।

शीर्ष पाँच पार्टीले थ्रेसहोल्ड कटाइसकेका छन्। समाजवादी सातौँ स्थानमा छ। समानुपातिक तर्फको मतगणना जारी रहँदा सो पार्टी पनि राष्ट्रिय दल बन्ने सम्भावना देखिन्छ।

एकीकृत समाजवादीले हालसम्म दुई लाख मत पाइसकेको छ। प्रदेश नम्बर १, मधेश, कर्णाली र सुदूरपश्चिम लगायत सबै प्रदेशमा अझै मतगणना जारी रहेकोले समाजवादी राष्ट्रिय पार्टी बन्ने देखिन्छ।

अब सो पार्टीले जम्मा ९७ हजार मत ल्याए थ्रेस होल्ड पार गर्न सक्छ। निर्वाचन कानुन अनुसार राष्ट्रिय पार्टी बन्न कुनै पनि पार्टीले प्रत्यक्षमा एक सिट जितेर समानुपातिकमा सदर मतको ३ प्रतिशत ल्याउनुपर्छ।

अहिले रामेछाप, सुनसरीका चार वटा क्षेत्र, इलाम १ र २, महोत्तरी १ लगायतका क्षेत्रमा मतगणना जारी छ र, अन्तिम परिणाम आइसकेको छैन। यसबाहेक बाजुरामा चुनाव हुन बाँकी छ। स्याङ्जा र दोलखामा मतगणना नै भएको छैन।