नेकपा यसका ३० प्रभावशाली नेताहरू एमालेमै फर्किए - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

नेकपा यसका ३० प्रभावशाली नेताहरू एमालेमै फर्किए



काठमाडौ । एक वर्षअगाडि नेकपा (एमाले) को चर्को विरोध गर्दै नेकपा (एकीतृत समाजवादी) गठनमा मुख्य भूमिका खेलेका नेता मुकुन्द न्यौपाने पुनः एमालेमै फर्किएका छन् ।

केही दिनअघि एकीकृत समाजवादी परित्याग गरेका नेता न्यौपानेसहित ३० जना नेताकार्यकर्ता नेकपा स्थापना दिवसको सन्दर्भ पारेर शनिवार एमाले प्रवेश गरेका हुन् । एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एकीकृत समाजवादी छाडेका नेतालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।

एमालेले न्यौपानेलगायत माओवादी केन्द्रका पनि केही नेता एमाले प्रवेश गरेको जनाएको छ । त्यस्तै रसुवाका पूर्व सांसद प्रेम तामाङ पनि एमाले प्रवेश गरेका छन् । उनी नयाँ शक्ति पार्टी छाडेर बसेपछि कांग्रेससँग निकट देखिएका थिए । न्यौपानेसँगै समाजवादीका नेताहरू चुडामणि जंगली, मुना बानियाँ, शान्ता आचार्य, महाप्रसाद सुवेदी, नरेश्वर दयाल ज्ञवाली, हरिकुमार श्रेष्ठ, छविलाल पौडेल, तोरणबहादुर केसी, माया अधिकारी पनि एमाले फर्किएका छन् ।

यसैगरी दलबहादुर केसी, भीमकान्त पोखरेल, खेमराज आचार्य, चन्द्रकिशोर गौतम, देवी गिरी, चन्द्रप्रसाद गुरुङ, लालसिंह घताने, हर्कबहादुर गुरुङ, विकास तामाङ, सरोज घलान, वाल्बो तामाङ, सुकमान तामाङ, हर्कमान तामाङलगायत पनि एमाले फर्किएका छन् ।