नेकपा यसको विषयमा देउवा प्रचण्डबीच गोप्य छलफल - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

नेकपा यसको विषयमा देउवा प्रचण्डबीच गोप्य छलफल



काठमाडौं- प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गोप्य छलफल भएको छ ।

सोमबार बालुवाटारमा करिव २ घण्टा लामो छलफल भएको बताइएको छ । नयाँ सरकार गठन र प्रधानमन्त्रीको विषयमा छलफल भएको हुनसक्ने बताइन्छ ।

उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब दुई घण्टा लामो गोप्य छलफल भएको हो । भेटवार्तामा चुनावी समीक्षा र नयाँ सरकार गठन र एकीकृत समाजवादीका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

पछिल्लो समय एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेलाई लिएर सरकार बनाउने कसरत गरेको खबर बाहिरिएका बेला सत्ता गठबन्धनका नेताहरूको छलफल बाकिलिएको छ ।

सत्ता गठबन्धनमा आबद्ध यी दुई दलका शीर्ष नेताबीच निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा भेटवार्ता बाक्लिएको छ ।