एकीकृत समाजवादीले किन बोलायो सचिवालय बैठक ? - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

एकीकृत समाजवादीले किन बोलायो सचिवालय बैठक ?



काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीले सचिवालय बैठक बोलाएको छ। पार्टीको चुनावी परिणामबारे समिक्षा गर्न नेकपा एसले मध्यान्ह १२ बजे बैठक बोलाएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकमा चुनावी समीक्षासहित पार्टीको भावी रणनीतिबारे छलफल हुनेछ। सत्ता गठबन्धनसँग सहकार्य गरेर चुनावमा होमिएको नेकपा एसले प्रत्यक्षमा १० सिट जितेको छ।

समाजवादीका कतिपय नेताहरूले गठबन्धनले धोका दिएका कारण पार्टीका चर्चित नेताहरु झलनाथ खनाल, जगन्नाथ खतिवडा, रामकुमारी झाँक्रीलगायतले चुनाव हारेको आरोप लगाउने गरेका छन्।