महिला निर्वाचन परिचालन समिति गठन - Himal Post Himal Post
  • ४ मंसिर २०८२, बुधबार
  •      Wed Nov 19 2025
Logo

महिला निर्वाचन परिचालन समिति गठन



भैरहवा, ७ मंसिर । नयाँ शक्ति पार्टी नेपाल निकट महिला शक्ति नेपाल क्षेत्र नं. ३ अन्तर्गत सिद्धार्थनगरको भेला सम्पन्न भएको छ । भेलाले मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको लागि कमला मल्लको संयोजकत्वमा ५१ सदस्यीय महिला निर्वाचन परिचालन समिति गठन गरेको छ ।

भेलामा बोल्दै रुपन्देही क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओमप्रकाश विश्वकर्माले महिलाहरुको जनसंख्याको आधारमा राज्यको सबै तहमा सहभागिता सुनिश्चित गर्न सके मात्र महिलाहरु अधिकार सम्पन्न हुने बताए । उनले उत्पीडित महिलाहरुको अधिकारको लागि नयाँ शक्ति पार्टीले सदैव आवाज उठाउँदै आएको बताए ।

कार्यक्रममा रुपन्देही क्षेत्र नं. ३ प्रदेशसभा सदस्य १ का उम्मेदवार शोभाकान्त नेपाल, महिला शक्ति नेपालकी केन्द्रीय सदस्य धनेश्वरी चौधरी, विमला वि.क., पूर्व सासंद एवं प्रतिनिधिसभा सदस्यकी समानुपातिक उम्मेदवार सिमा वि.क. कौशल, तुल्सी परियार लगायतले बोल्दै नयाँ शक्तिले मात्रै महिला हितको लागि काम गर्ने भएकोले चुनाव चिन्ह आँखामा मतदान गरेर पार्टीलाई जिताउन आग्रह गरे ।

कार्यक्रम महिला शक्ति नेपाल सिद्धार्थनगरकी सचिव रविना भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।